गठबन्धनको तर्फबाट रामचन्द्रलाई प्रधानमन्त्री बनाउने प्रचण्डको संकेत

सोमबार, २८ कार्तिक २०७९

तनहुँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको तर्फबाट रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने संकेत गरेका छन् । गठबन्धनको तर्फबाट तनहुँमा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै प्रचण्डले पौडेललाई प्रधानमन्त्री बनाउने संकेत गरेका हुन् ।

तनहुँ क्षेत्र नम्बर १ का सत्तारुढ गठबन्धनका उम्मेदवार पौडेलको चुनावी सभामा पुगेका प्रचण्डले तनहुँबाट चुनाव जिताएर पठाए प्रधानमन्त्री हुने संभावना रहेको बताए । ‘रामचन्द्रजीको ईच्छा र चाहना हामीलाई थाहा छ, ढुक्कसँग जिताउनु भयो भने त्यो सम्भवना बढ्यो बढ्यो,’ उनले अघि भने, ‘तनहुँले एक अवसर पाएको छ, यसलाई नगुमाउनु होस् ।’

अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) सँग हारेका पौडेल यसपटक पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । प्रचण्डले गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं. १ को प्रदेश सभा २ का उम्मेदवार माओवादी नेता हरिबहादुर चुमानलाई जिताएमा गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने समेत बताए । फायल तस्वीर