चितवनमा राज्यमन्त्री श्रेष्ठको कार तोडफोड
काठमाडौं— चितवन– २ का नेपाली कांग्रेस उम्मेदवार एवं राज्यमन्त्री उमेश श्रेष्ठको कारमा तोडफोड भएको छ । भरतपुरको प्रतीक्षा टोलमा बिहान बा। ३ च २०५० नम्बरको प्राडोमा एक समूह आएर ढुंगामुडा गरेको प्रहरीले बताएको छ ।
श्रेष्ठ चुनाव प्रचारको क्रममा बिहान त्यहाँ पुगेका थिए । कार्यकर्तासहित घरदैलो गरिरहेको बेला मोटरसाइकलमा आएका केही व्यक्तिहरूले ढुंगा हानेर श्रेष्ठको कारको सीसा फुटाएको चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले नेपाल प्रेसलाई बताए ।
विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका कार्यकर्ताद्धारा गाडी तोडफोड गरिएको हो।