राप्रपाले ऐतिहासिक जित निकाल्दैः कुन्ती पोख्रेल

बिहिबार, १ मंसिर २०७९

काठमाडौं- आगामी मंसिर ४ मा हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्तीदेवी पोख्रेलले यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ऐतिहासिक जित हुने बताएकी छिन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शंखरापुरको शाँखुमा आज आयोजना चुनावी आमसभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

उनले शंखरापुर नगरपालिकाको पुरै क्षेत्र, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ८, ९ र काठमाडौं महानगरपालिकाको वडा नं. ९ र ३२ लगायत सबै ठाउँका घर, टोल, वस्तीहरुमा घरदैलो तथा पटक–पटक भेटघाट गरिसकेकी थिइन् । यसबीचमा पोख्रेल यस क्षेत्रका आममतदाताको मनमुटुमा छाउन सफल भएकी छिन् । पोख्रेल समाजसेवी भावना, स्वच्छ छवि, मिजासिलो स्वभाव, स्पष्ट भिजन, स्थानीयवासी, नयाँ अनुहार, युवा उम्मेदवार र स्पष्ट चुनावी एजेन्डा भएका कारण पनि सबै तह, तप्का, वर्ग, समुदायको मनमुटु छुन सफल भएकी हुन् । अर्को हिन्द राष्ट्र, धर्म संस्कार, संस्कृतिको रक्षा गर्ने नारा बोकेकाले पनि आमजनमानसमा मुटुको ढुकढुकी बन्न पुगेकी हुन् ।

यस क्षेत्रमा राप्रपाकी कुन्ती पोख्रेलको चर्चा चुलिनुको कडी के भनी प्रश्न गर्दा शाँखुका स्थानीय बताउँछन्, ‘यसका धेरै कारण छन््, त्यसमा पहिलो त पुराना दलप्रति जनता धेरै चिढिँएका छन् । दोस्रो ती दलहरुले उम्मेदवार चयन गर्दा पनि पटक–पटक पदमा पुगेर पनि केही काम नगरेका, पुराना अनुहार दोहो¥याएर पठाएका छन्, उनीहरप्रति जनआकर्षण छैन । अर्को यस क्षेत्रबाट जतिपनि उम्मेदवार उठेका छन् उनीहरुसँग स्पष्ट भिजन देखिँदैन । कतिपय बाहिरबाट आएका उम्मेदवारहरु छन् तिनीहरुबाट यस क्षेत्रको विकास हुन्छ भन्नेमा हामी विश्वस्त छैनौं । अर्का सहभागी बताउँछन्, ‘अब पुराना पार्टी र नेताहरुको विश्वास छैन । उनीहरुले अहिलेको युगअनुसारको परिवर्तन ल्याउन सक्दैनन् । अहिले हाम्रो चाहना भनेको परिवर्तनको हो । त्यो युवा नेताहरुबाट मात्रै सम्भव छ । त्यसको लागि काठमाडौं २ बाट यसपटक राप्रपाकी कुन्ती पोख्रेल आउनुभएको छ । उहाँले सामाजिक कामबाट पनि यो क्षेत्रमा धेरै सहयोग गर्नुभएको छ । उहाँको चुनावी एजेन्डा पनि स्पष्ट छ ।

कुन्ती पोख्रेललाई नै भोट किन ? भन्ने प्रश्नमा सहभागी मध्ये जेष्ठ नागरिक बताउँछन्, ‘यतिबेला धर्मनिरपेक्षाको नाममा नेपालको धर्म, संस्कार, संस्कृति, रितिरिवाज र तिथि मेटिइसकेको छ । हिन्दू राष्ट्र नेपालको पहिचन हो । त्यसलाई यी पुराना दलका नेताहरुले बेचेर खाइसके ।’ अहिले नेपाल अभिभाव गुमाएको बच्चा जस्तो भएको छ । त्यसकारण नेपालमा अभिभावकीय भूमिका निर्वाह गर्नको लागि राजासहितको प्रजातन्त्र आवश्यक छ । यतिबेला राप्रपाले राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापित हुनुपर्ने नारा लिएर आएको छ, त्यसकारण पनि ‘हलो’मा भोट दिएर कुन्ती पोख्रेललाई जिताउने हो’, अर्का स्थानीय भन्छन् । नेपालमा दशैं, तिहार, तीज नमाउने को छ ? भन्दै प्रतिप्रश्न गर्दै शंखरापुरका स्थानीय बताउँछन्, ‘यस क्षेत्रबाट यसपटक राप्रपाले ऐतिहासिक जित हाँसिल गर्दै छ, त्यसको लागि हामीले ‘हलो’मा भोट हाली कुन्ती पोख्रेललाई जिनाउने अभियान चालएका हौं ।’ त्यसको पुष्टि अहिलेसम्म हामीले गरेका घरदैलो तथा भेटघाट कार्यक्रमा जनताले गरिसकेका छन् ।’

अर्का युवा भन्छन्, ‘यो निर्वाचन परिवर्तनको कडी हो त्यसको प्रतिनिधित्व युवा नेतृ कुन्तीदेवी पोख्रेलले गर्नुहुन्छ । उहाँलाई अन्य आस्था, विचार राख्ने साथीहरुले पनि सहयोग गर्नेभएका छन् । यसपालिको निर्वाचनमा राप्रपाको भोट तेब्बरले वृद्धि हुँदैछ । यो भनेको २१ हजार माथि हो । त्यसमाथि अन्य पार्टीबाट बिच्किएका भोट ५ हजार हाराहार राप्रपामा आउँदै छ । गठबन्धन र पुराना पार्टीबाट असन्तुष्ट भोट राप्रपालाई १० हजार हाराहारी आउँछ,’ स्थानीयवासीले दावी गरे । ‘यो परिदृश्यलाई आँकलन गर्दा झन्डै ३५ हजारमाथि भोट ल्याएर कुन्ती पोख्रेलले राप्रपाबाट जित निकाल्ने देखिन्छ’ स्थानीयको भनाइ छ ।

कुन्ती पोख्रेलको अहिलेसम्मको प्रचारप्रसारको शैली र यस क्षेत्रका नागरिकको आकर्षण हेर्दा पनि ३५ हजारमाथि भोट सहित राप्रपाले काठमाडौं क्षेत्र नं. २ मा जित निकाल्ने देखिन्छ । अर्को कन्तीको पक्षमा जनलहर उर्लिएको देखेर अन्य प्रतिस्पर्धीहरुको ओठ, तालु सुक्न थालेको छ ।