काठमाडौं १ अपडेट : रविन्द्र मिश्रलाई किरण पौडेलले उछिने

सोमबार, ५ मंसिर २०७९

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । जस अनुसार राप्रपाका उम्मेदवार रविन्द्र मिश्रलाई उछिन्दै नेकपा एमालेका किरण पौडेलले अग्रता लिएका छन् ।

एमालेका पौडेलले १०१९ मत ल्याएर दोश्रो हुँदा राप्रपाका मिश्रले ८९६ मत प्राप्त गरेर तेश्रो मत प्राप्त गरेका छन् । ४००० गणना हुँदा प्रकाशमान सिंह १११८ मत ल्याएर अग्रस्थानमा छन् भने उनीलाई एमालेका पौडेलले पच्छ्याएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ७०२ मत प्राप्त गर्दा आमा चुनाव चिन्हसहित चुनावि मैदानमा होमिएका रमेश खरेलले ३५७ मत पाएका छन् ।