झिनो मतान्तरले वडाध्यक्ष हारेका गुरुङ प्रदेश सभामा निर्वाचित

सोमबार, ५ मंसिर २०७९

काठमाडौँ – झिनो मतान्तरले वडाध्यक्ष हारेका नम्डु गुरुङ प्रदेश सभामा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका गुरुङ गण्डकी प्रदेश सभामा मुस्ताङ (क) बाट निर्वाचित भएका हुन् ।

नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत पाएका थिए । उनीहरुबीच २ सय ५५ मत छ ।

नम्डु गुरुङ यसअघि स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ४ को वडाअध्यक्षमा पराजित भएका थिए । यतिबेला उनले ९९ मत ल्याउँदा एमालेका छिरिङ धिण्डु गुरुङले १ सय २६ मत ल्याएका थिए ।

मुस्ताङ प्रतिनिधिसभातर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । प्रदेशसभा (ख) को मतगणना चलिरहेको छ ।