विनोद चौधरीले बढाए मतान्तर

सोमबार, ५ मंसिर २०७९

काठमाडौँ – नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता बढाएका छन् । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका डलर अर्बपति चौधरीले चौधरीले अग्रता बढाएका हुन् ।

अहिलेसम्म १८०० मत गणना गरिएको छ। कांग्रेसका चौधरीले ८०० मत ल्याएका छन्।

यहाँ जनता प्रगतीशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले ५०० मत ल्याएका छन्। यहाँ नेकपा एमालेले हृदयेशलाई सहयोग गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेनले २००, राप्रपाका उम्मेदवार भोजराज ढकालले ११६ र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हफिजुल्लाह अन्सारीले १०० मत ल्याएका छन्। मतगणना जारी छ।