रौतहट १ मा माधव नेपाललाई टक्कर दिदै एमालेका गुप्ता

सोमबार, ५ मंसिर २०७९

रौतहट – रौतहट क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्।

माधव नेपालले अहिलेसम्म ७२९ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका अजय गुप्तले टक्कर दिइरहेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ६५४ मतसहित पछ्याइरहेका छन्। यो क्षेत्रमा माधव नेपाललाई सत्ता गठबन्धनको समर्थन छ भने एमालेका गुप्तालाई जसपाको समर्थन छ।