गुल्मी २ मा गोकर्ण विष्टले लिए अग्रता, रामकुमारी झाँक्री दोब्बर मतले पछि

सोमबार, ५ मंसिर २०७९

काठमाडौँ – गुल्मी क्षेत्र नम्बर २ को प्रारम्भीक नतिजा सावएजनिक भएको छ । प्रारम्भीक मतगणना अनुसार एमालेका गोकर्ण बिष्टले अग्रता लिएका छन्।

१ सय मत गणना हुँदा बिष्टले ६१ र एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मत प्राप्त गरेकी छिन्। गुल्मीमा प्रतिनिधिसभातर्फ करिब ५० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि विवाद भएको थियो।

सर्वदलीय बैठकमा मतगणनाका लागि सहमति जुटाउन ढिलाई भएपछि मत गणनामा ढिलाइ भएको थियो ।