काठमाडौं–१० (१) बाट कांग्रेसका महर्जन निर्वाचित

मंगलबार, ६ मंसिर २०७९

काठमाडौं – काठमाडौं–१० (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । १० हजार ८२ मत ल्याएर महर्जनले प्रदेशसभा सदस्य जितेका हुन् ।

७ हजार ३०९ मत सहित एमालेका शिवभक्ति बलामी निकटतम प्रतिद्वन्द्वी रहे । यो क्षेत्रमा सत्ता गठबन्धनले मैत्री प्रतिस्पर्धा गरेका थिए ।

नेकपा माओवादी केन्द्रका दिलिप महर्जनले ३ हजार ६ सय मत पाए । उनी भन्दा धेरै मत राप्रपाका उमेशराज सापकोटाले पाएका छन् । सापकोटाले ७४ सय ल्याए ।