प्रचण्डलाई हराउने केसी तेश्रो पटक विजयी
काठमाडौं – २०७० सालको दोश्रो संविधानसभामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएर चर्चामा आएका राजेन्द्र केसी (राजन) काठमाडौं क्षेत्र नम्बर १० बाट तेश्रो पटक निर्वाचित भएका छन् ।
एमालेका हिमेस केसीलाई हराउँदा केसी १४ हजार ४५८ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका केसीले ११ हजार ७८६ मत पाए ।
रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन् ।