एकीकृत समाजवादीको अर्को सिट थपियो
बारा – नेकपा एकीकृत समाजवादी पार्टीले अर्को एक सिट जितेको छ । बारा–४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् ।
सत्तारुढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित जित हासिल गरेका हुन् । श्रेष्ठले एमाले-जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरे ।
एकवालले १९ हजार ४३९ मत पाए । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए ।