कुलमान घिसिङलाई भ्रष्ट भन्ने मोदी निर्वाचित
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्ट भन्ने नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । एमाले उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन् ।
मोदीले ३० हजार ६१२ मत ल्याए भने एमालेका ढकालले २४ हजार ४६३ मत पाए । राप्रपाका रवि रिजालले ७४६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका ५३३३ मत पाएका छन् ।
मोदी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित सांसद थिए भने २०७० को संविधानसभा चुनावमा उनी समानुपातिक सांसदमा निर्वाचित भएका थिए ।
मोदीले आफ्नो निर्वाचन क्षेत्रमा बत्ति पुर्याउन आनाकानी गर्दै व्यापारीसँग पैसा खाएको आरोप लगाएका थिए ।