काभ्रेपलाञ्चोकको क्षेत्र नं. २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित

शुक्रबार, ९ मंसिर २०७९

काठमाडौं— काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् ।

बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार ८६३ मतान्तरले विजयी भएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार ३४५ मत प्राप्त गरेका छन् । हुमागाईंले ३९ हजार ४८२ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत प्राप्त गरेक छन् । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए ।