पाल्पा क्षेत्र नंं. २ (२) मा माओवादी केन्द्रका उम्मेदवार तुलाराम घर्ती (वसन्त) विजयी

शुक्रबार, ९ मंसिर २०७९

काठमाडौं— प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत पाल्पाको क्षेत्र नंं. २ को प्रदेशससभा (२) मा सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार तुलाराम घर्ती (वसन्त) विजयी भएका छन् ।

उनले २३ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका ओमबहादुर घर्तीले १३ हजार ५१ मत प्राप्त गरे । विजयी घर्ती लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन् ।