हुम्लाबाट माओवादी केन्द्रका कार्चेन लामा निर्वाचित

शनिबार, १० मंसिर २०७९

हुम्ला – हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ ।

राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए ।