चुनाव हारे पछि सन्देश सहितको तस्विर लिएर आइन झाक्री

सोमबार, १२ मंसिर २०७९

काठमाडौं— नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाक्रीले एमाले नेतासँग तस्बिर सार्वजनिक गर्दै त्यसमा सन्देश रहेको उल्लेख गरेकी छिन्।

झाक्रीले एमाले उपमहासचिव विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँग तस्बिर सोमबार फेसबुकमा राख्दै त्यसमा सन्देश रहेको उल्लेख गरेकी हुन्।

उनीहरूको भेट भैरहवा विमानस्थलमा भएको थियो। तस्बिरबारे एमाले नेता भट्टराईले  भने, ‘विमानस्थलमा भेटपछि सामान्य कुराकानी मात्रै भयो। विशेष केही छैन।’

गुल्मी–२ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी झाक्री एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन्।