निर्वाचनमा हारको कारण खोताल्दै जसपा

बुधबार, १४ मंसिर २०७९

काठमाडौं— मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जम्मा ७ सिट जितेको जनता समाजवादी पार्टी (जसपा)ले हारको कारण खोतल्न थालेको छ । उसले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन भनेको छ ।

जसपा र नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेको थियो । उसले प्रत्यक्षमा ७ सिट जितेको छ । तर पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नै हार व्यहोरेका छन् ।