एमालेलाई पराजित गर्दै बाजुराबाट प्रदेश सभामा कांग्रेसका शाही विजयी
काठमाडौँ – बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही विजयी भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापालाइ पराजित गर्दै बिजयी भएका हुन् ।
शाहीले २० हजार ११९ मत प्राप्त गरि विजयी हुदा थापाले १७ हजार ५२१ मत प्राप्त गरेका थिए ।
स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए । ८३४ मत बदर भएको छ ।
प्रदेश सभा १ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही शनिबार नै विजयी भइसकेका छन् । शाहीले १० हजार ९७३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायम छ । पाण्डेले २६ हजार ९८६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार २०८ मत पाएका छन् । उनीहरुबीच ३ हजार ७७८ मतको अन्तर छ ।