बाजुराबाट पनि प्रतिनिधी सभामा कांग्रेसको निकाल्यो सानदार जित, बद्री पाण्डे भारि मतान्तरले विजयी
काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।
पाण्डे आज बिहान नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई पराजित गर्दै ३१ हजार ७८६ मत सहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।
प्रदेश सभातर्फ क्षेत्र नं १ बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।