दुई घण्टा पनि टिकेन चोलेन्द्रको खुशी, फेरी लाग्यो अर्को ब्रेक
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिवले निर्णय गरेपछि खुशीले गदगद भए । सचिवालयका महासचि भरतराज गौतमले सफाइदिएपछि खुशी भएका जबराको खुशी दुई घण्टा पनि टिक्न पाएन ।
महासचिवको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।
पेश गरिएको उक्त पत्रमा असंवैधनिक र गैर कानुनी भएकाले बदर हुनु पर्ने माग गरिएको सर्वोच्च बार एशोसिएशनका सदस्य अनन्तराज लुइँटेलले जानकारी दिए । यो रिट दर्ता भए जबराले सर्वोच्च अदालतमा प्रबेश पाउने छैनन् ।
हेर्नुहोस् रिट निवेदन
