माछापुछ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतो द्वारा शपथ ग्रहण
काठमाडौं— माछापुछ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोज्यूले नेपाल राष्ट्र बैंकका श्रीमान् गभर्नर श्री महाप्रसाद अधिकारीज्यू समक्ष पद तथा गोपनियताको सपथ ग्रहण रहेको थियो । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरज्यूहरु, कार्यकारी निर्देशकज्युहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यज्यूहरु तथा प्रमुख कार्यकारी अधिकृतज्यू लगायतको उपस्थिति रहेको थियो ।
आईतबार प्रेस विज्ञप्ती जारी गर्दै माछापुछ्रे बैंकको मिति २०७९\०८\१२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोज्यूलाई संचालक समितिको अध्यक्षमा चयन गरिएको कुरा सार्वजनिक भएको हो । राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाईसक्नु भएका डा.महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुन् ।