लो.स.पाद्धारा गठबन्धनको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय

मंगलबार, २७ मंसिर २०७९

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धनको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

आज(मंगलबार) बसेको पार्टीको हाईकमाण्डको बैठकले यस्तो निर्णय गरेको हो ।

एक नेताकाअनुसार पार्टीले गठबन्धनको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

यसअघि पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

सो भेटवार्तामा देउवाले ठाकुरलाई नयाँ सरकार गठनमा सहभागी हुन आग्रह गरेका थिए ।

देउवाको प्रस्तावअनुसार नै ठाकुरले नयाँ सरकारमा सहभागी हुनेबारे निर्णय गराएका हुन् ।

मंसिर ४ गतेको निर्वाचनमा लोसपा गठबन्धनबाटै चुनाव लडेको हो ।