अध्यादेश विरूद्धको रिट लिन सर्वोच्चको अस्विकार
काठमाडौँ – रेशम चौधरीलगायतलाई छुटाउन मिल्ने गरी सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गर्दै दिइएको रिट सर्वोच्चले अस्विकार गरेको छ ।
अधिवक्ता कपिलेदव ढकालले दिएको रिट बिहीबार सर्वोच्च अदालत प्रशासन दर्ता गर्न अस्वीकार गरेको हो ।
सरकारले पठाएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले अहिले नै अध्यादेश रोकिपाउँ भनेर रिट दिन लागिएको भन्दै रिट दर्ता नगरेको सर्वोच्चले जनाएको छ।
सरकारले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसहित टीकापुर हत्याकाण्डमा जेलमा रहेकाहरूलाई रिहा गर्न मिल्ने गरी अध्यादेश ल्याएको थियो ।