कम्युनिस्टहरु टुट्फुट भएर हैन एकीकृत भएर अगाडि बढ्नुपर्छ : नेकपा नेता विवेक सी
उदयपुर – नेपाल कम्युनिस्ट पार्टी उदयपुरले माओको १३० औं जन्मजयन्तीका अवसर प्रशिक्षणत्मक कार्यक्रम गर्दै केहीलाई पार्टी प्रबेश गराएको छ । नेकपाले त्रियुगा नगरपालिका ११ नम्बर वार्डका पूर्व निजमती कर्मचारी योगेन्द्र बहादुर तामाङ्ग लगायतलाई पार्टी प्रवेश गराएकाे हाे ।
कार्यक्रमकाे प्रमुख अतिथि रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर, ओखलढुंगा जिल्ला ईन्चार्ज विवेक सीले तामाङ्गलाई खादा माला लगाएर स्वागत गरेका थिए । उक्त कार्यक्रममा बोल्दै विवेकले आज भन्दा १ सय ३० बर्ष पहिले चिनको हुनान प्रान्तमा मध्यम परिवारमा जन्मिएका माओले चीनिया कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनलाई जापानीज साम्राज्यवादको उत्पीडनबाट मुक्त गरी आजको चिनियाँ व्यवस्था स्थापना गरेको कुरा जानकारी गराउदै नेपाली माैलिकता बाेेलेकाे एकीकृत जनक्रान्तिमा त्यसकाे महत्त्व र सान्दर्भिकता विषयमा प्रष्ट पारेका थिए ।
उनले एकीकृत जनक्रान्तिमा माओले विकास गरेकाे दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादका विषयमा गहिरिएर अध्ययन गर्नु पर्ने पनि बताए । साथै माओले विकास गरेकाे अनुशासन नियम दृढतापूर्वक पालना गरेर २१ औँ शताब्दीमा नेपालमा वैज्ञानिक समाजवादी झन्डा फरफराउनु पर्ने बताए । नेपालका कम्युनिस्टहरु टुट्फुट भएर हैन एकीकृत भएर अगाडि बढ्न पनि अनुरोध गरेका थिए ।