संसदको पहिलो बैंठक पौष २५ गते

मंगलबार, १२ पौस २०७९

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गरेकी छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संसद बैठक आह्वान हुने बताएका थिए। गत पुस ७ गते संसदका ज्यष्ठ नागरिक पशुपति शम्शेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएका थिए।