मन्त्रिपरिषद् विस्तार गर्न छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड र ओली

शुक्रबार, १५ पौस २०७९

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेर मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित रहेको बालुवाटारनिकट स्रोतले बतायो । अहिले दुईजनाबीच छलफल चलिरहेको छ ।

सातदलीय गठबन्धनबीच संवैधानिक पद, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबण्डालगायतका विषयमा प्याकेजमै टुंग्याउने तयारी भइरहेको छ ।

बिहीबारमात्र गठबन्धनमा रहेका प्रमुख दलको शीर्ष नेतृत्वले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन गरेको थियो ।
मस्यौदा समितिलाई ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तयारीको म्याण्डेट दिइएको छ ।