कसैलाई नजरअन्दाज नगरौँ
काठमाडौं – एकादेशमा एक धना जंगल थियो । त्यही जंगल भित्र एउटा गुफा थियो । सो गुफामा एउटा सिंह बस्थ्यो । एकदिन सिंह गुफा भित्र मस्तले निदाइरहेको थियो । त्यसैबेला एउटा सानो मुसा त्यहाँ आयो ।
अँध्यारोमा मुसा चिप्लेर सिंहको जिउमाथि खस्यो । मुसा सिंहको टाउकोमाथि पुग्ना साथ सिंह बिउँझियो । सिंहले आफ्नो पन्जाले च्याप्प मुसालाई समाएर खान खोज्यो । मुसाले रुदै बिन्ति गर्यो, ‘सिंह महाराज, मलाई नखानु होस्, भविष्यमा म पनि हजुरलाई काम लाग्न सक्छु ।’
मुसाको कुरा सिंहलाई ठिक लाग्यो । सिंहले मुसालाई जान दियो । त्यसको केहि दिनपछि सिंह शिकारीको जालमा फस्यो । सिंहले जति कोसिस गर्दा पनि त्यसबाट उम्किन सकेन । साथीहरुसँग कुराकानी गरिरहेको मुसाले सिंह गर्जेको सुन्यो । सिंह विपद्माा फसेको आशंकाले मुसा सिंहको आवाज आए तिर दगुर्यो ।
मुसाले सिंहलाई भन्यो, ‘सिंह महाराज, हजुरलाई म बचाउने छु । हजुर धैर्य गरेर बस्नुहोस् ।’ मुसाले जाल काट्न थाल्यो । केहिबेरमा नै सिंह जालबाट मुक्त भयो । सिंहले मुसालाई धन्यवाद दियो ।
संसारमा काम नलाग्ने कोही हुँदैन । उचित समयमा सबै चिज काम लाग्न सक्ने भएकाले सबैलाई सम्मान दिन र सम्मानको दृष्टिले हेर्नुपर्दछ । कसैलाई पनि नजरअन्दाज गरेर कम नआकौं ।