राष्ट्र बैंकले गर्यो १७ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज (नामावलीसहित)

सोमबार, १८ पौस २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंकले १७ वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ । राष्ट्र बैंकले समयमै नविकरण गर्न नआउने १७ वटा कम्पनीको लाइसेन्स खारेज गरिदिएको हो ।

लाइसेन्स खारेज हुनेमा प्यासिफिक हिमालय रेमिट, नबदुर्गा मनिट्रान्फर, एस रेमिट, मे रेमिट, कान्तिपुर रेमिट, पशुपति नेपाल रेमिट, महाकाली रेमिट, के.एम.ई इन्टरप्राइजेज रेमिट्यान्स, स्मार्ट रेमिट, सिएफएस रेमिट, बुम रेमिट, क्यु.एस रेमिट, नेपाल युनिभर्सल मनिट्रान्सफर, बुद्ध इन्टरनेशनल रेमिट, जिनियस एक्प्रेस रेमिट, गण्डकी रेमिट र मुन्छा रेमिट रहेका छन् । लाइसेन्स खारेज भएका कम्पनीले रेमिट्यान्स कारोबार गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, १५ वटा कम्पनीको इजाजतपत्रको म्याद सकिएको छ । हुलास रेमिट, सेवा रेमिट, माया रेमिट, टायम्स रेमिट, पे–सेफ रेमिट, नमस्ते रेमिट, हब रेमिट, गुडविल रेमिट, ओभरसिस् रेमिट, इसारा रेमिट, ललित मनिट्रान्सफर, संसार रेमिट, नेशनल मनिट्रान्सफर, क्यास वे रेमिट, हाम्रो पात्रो रेमिट लगायत कम्पनीको इजाजतपत्रको म्याद सकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । उनीहरुमध्ये अधिकांश कम्पनीको लाइसेन्स खारेज हुने अवस्थामा पुगेको छ ।