कालो धनलाई सेतो धन बनाउन खोज्दा सहकारीले रकम मात्रै पचाएन धम्की पनि दियो
भक्त्तपुर— कति मानिसले घरपरिवारमा थाहै नदिई बढी ब्याजको लोभमा सहकारीमा पैसा राखे । यता कतिले राजस्व छलेर, स्रोत नखुलेको पैसा वा भ्रष्टाचार गरेर कमाएको पैसा बढी ब्याजको लोभमा सहकारीमा राखे । तर पछिल्लो समय सहकारीहरु डुब्न थालेपछि वा भाग्न थालेपछि यिनीहरु पनि पैसा निकाल्न सहकारी पुगे ।
यी मानिसहरुले आफ्नो घरपरिवारलाई थाहा नदिनुस् भनेर सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीलाई भने । यस्ता स्रोत नखुलेको सम्पत्ति र घरपरिवारलाई थाहा नदिएको रकम सहकारीमा राखेको सहकारीका सञ्चालक तथा अध्यक्षहरुले थाहा पाएपछि अहिले यिनीहरु पैसा माग्न जाँदा सहकारीका सञ्चालकदेखि कर्मचारीसम्मै तेरो पोल खोलिदिन्छौँ भन्दै धम्की दिइरहेका छन् ।
भागेकाले त पैसा लगि नै हाले तर नभागेकाले पनि यस्तो राजनीति गरे । हिजो मानिसहरुले घरपरिवारबाट एक्लिएर सहकारीमा पैसा राखे तर अहिले पैसा माग्न जाँदा तेरो घरपरिवारलाई भनिदिन्छु वा तेरो कालो धन हो भनेर सार्वजनिक गरिदिन्छु भन्दै धम्काइ रहेका छन् ।
कति बुढाबुढीले बिरामी हुँदा, बुढेसकालमा काम लाग्छ भनेर घरपरिवारलाई थाहा नै नदिई सहकारीमा पैसा राखे तर अहिले पैसा लिन जाँदा उनीहरुलाई पनि डराउने, धम्काउने काम सहकारीका सञ्चालकहरुले गरिरहेका छन् । यता घरपरिवारलाई थाहै नदिई पैसाराखेकाले भोलि यसकारणले घरायसी अवस्था बिग्रिन सक्ने हुनाले मानिसहरु आफुले खाईनखाई सहकारीमा जम्मा गरेको रकम पनि त्याग्न बाध्य छन् ।
बैंकमा १० लाखभन्दा बढी रकम राख्दा स्रोत खुलाउनुपर्छ तर सहकारीमा करोडौँ रुपैँया राख्दा पनि स्रोत खुलाउनु पर्दैन । मानिसहरुले पनि बैंकमा पैसा राख्दा स्रोत खुलाउनुपर्छ भनेर सबै पैसा सहकारीमा राखे । यसरी व्यापारी, सरकारी कर्मचारी, ठेकेदार, गैरकानूनी काम गर्नेहरुले सहकारीमै रकम जम्मा गरे ।
एकतिर बढी ब्याज आउने त अर्कोतिर स्रोत पनि खुलाउनु नपर्ने भएकाले मानिसहरुले सहकारीमै पैसा राखे । पछिल्लो समय भाग्ने सहकारी भागी हाले, डुब्ने पनि बन्द भइ नै हाले तर नडुबेका वा नभागेका सहकारीहरुमा आफ्नो पैसा निकाल्न जाँदा पनि उल्टै बचतकर्तालाई नै तनाव दिने काम भइरहेको छ ।
यिनीहरुले पनि हिजोका दिन स्रोत नखुलेका रकम घरपरिवारलाई थाहै नदिई सहकारीमा राखे । तर अहिले घरपरिवारलाई भनौँ भनि विवाद हुन्छ, नभनौँ त सहकारीले पैसा खाइदिन्छ । सहकारीका सञ्चालकहरुले हिजोका दिन सर्वसाधारणलाई भ्रममा पारेर, विश्वास दिलाएर यस्ता रकम जम्मा गर्न लगाए तर अहिले यही अवस्थाको फाइदा उठाएर सञ्चालकहरुले रकम फिर्ता गरेनन् ।
हिजो जुन विश्वासमा मानिसहरुले सहकारीमा पैसा राख अहिले त्यो विश्वास नै घात भयो । अब त चुपचाप लागेर आफ्नो पैसा माया मार्नुपर्छ । अहिले नेता, व्यापारी, सरकारी कर्मचारी, राजनीतिक दलका नेता सबैलाई सहकारीले पैसा नदिए पनि तनाव छ । बुढोपाकाले भन्थे, आफ्नो आन्तरिक कुरा बाहिरका मानिसहरुले थाहा पाएमा उनीहरुले यसको फाइदा उठाउँछन् ।
अहिले यो सही साबित भएको छ । सहकारीका सञ्चालकहरुले मानिसहरुलाई भ्रममा पारी, बढी ब्याजको लोभ देखाई वा विश्वास दिलाई उनीहरुको सबै कुरा एकाएक गरेर पनि खोताले र पैसा पनि राख्न लगाए तर अहिले त्यही कुराको आडमा उनीहरुले सर्वसाधारणलाई फसाए । यसरी गैरकानूनी काम गरेर वा स्रोत नखुलेका रकमहरु एकै मानिसले सहकारीमा १० लाखदेखि ३ करोडसम्म राखेको सुनिन्छ ।
सुद्दीकरण विभागले सहकारीमा पैसा राख्दा आयस्रोत खुलाउनुपर्छ भनेर पहिल्यै निर्णय नगर्दा सहकारीमा कालोदेखि सेतो धनसम्म जम्मा भयो । तर मानिसहरुले आयस्रोत खोलाउनु पर्दैन भनेर कालो धनलाई पनि सेतो धन बनाउन सहकारीमा धमाधम पैसा राखे । तर अहिले आफ्नो पैसा डुब्ने अवस्थामा पुगेपछि वा सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नगरेको सुने पछियो अवस्था निम्तियो ।
आफ्रनै पैसा सहकारीमा राख्दा फिर्ता आएन तर उल्टै गैरकानूनी काम गरेर सहकारीमा पैसा जम्मा गरेको भनेर सहकारलिे तर्साउने गरिरहेको छ । सहकारीका सञ्चालकहरुले संगो पानीलाई धमिलो बनाउन माछा मार्न खोजिरहेका छन् । उनीहरुले त्यस्तो पैसा राख्ने मानिसहरुलाई धम्काएर, तर्साएर वा तनाव दिएर पैसा पचाउन खोज्यो ।
सहकारीहरुले यस्तोसम्म पनि गर्छन् भनेर यी मानिसहरुले सोचेका थिएनन् । तर पैसा राख्ने मानिसहरुको कमीकमजोरी थाहा पाउनेबित्तिकै सहकारीहरुले मौकाको फाइदा उठायो । अब कि त आफ्नो घरपरिवारलाई भन्ने भएपनि भन वा मेरो सबै कुरा सार्वजनिक गर भनेर उजुरी गर्नुपप्यो होइन भनेर त्यो रकम नै माया मार्नुपप्यो ।
भुपु सरकारी कर्मचारीदेखि भुपु सांसद र मन्त्रीसम्मकै यस्तो रकम सहकारीहरुले फिर्ता नदिएको वा पचाउन खोजेको भनेर बजारमा सुनिन्छ । साथै, यस्ता रकमहरु सहकारीमा निकाल्नका लागि मानिसहरु गएको तर फिर्ता नपाएर निराश भएर फर्केको देखिन्छ । बुढापाकाले भन्थे, काम साँचे आफैलाई, खाना साँचे अरुलाई ।
अहिले ठ्याक्कै यही भएको छ । मानिसहरुले आफ्नो घरपरिवारलाई थाहा नदिई वा एक छाक मिठो खान नदिई रकम जम्मा गरे तर त्यो रकम अहिले सहकारीले खाइदियो । यसरी सहकारीहरुले सर्वसाधारणलाई त फसाए नै तर ठुल्ठुल्ला व्यापारीदेखि सरकारी कर्मचारी, नेता, सांसद आदिलाई पनि फसाए । अब यस्ता पैसा राख्ने मानिसहरुलाई मर्नु कि बाँच्नु भइरहेको छ ।
कालो धनलाई सेतो धन बनाउन खोज्दा, परिवारलाई थाहै नदिई बढी ब्याजको लोभमा सहकारीमा पैसा राख्दा आफैँ फसियो । अहिले घरपरिवारलाई भनौँ भनी परिवारमा विवाद भई परिवार छुटिन पनि सक्छ तर परिवारलाई नभनौँ नि सहकारीमा राखेको रकम माया मार्नुपर्छ । मानिसको मर्ने समयमा अन्तिम घडीमा हजुरको व्यवहार के छ ? भनेर सोधिने गरिन्छ ।
यता मानिसहरुले पनि मर्ने बेलामा सत्य कुरा गर्छन् । उता त्यो मानिस मरेपछि परिवारले लिने ठाउँमा लिन्छन् र दिने ठाउँमा दिन्छन् । तर सहकारीले त मान्छे नमर्नुन्जेल नै मानिसको रकम खाइदियो । न घरपरिवारलाई नै भन्नदियो न पैसा नै फिर्ता गप्यो । अहिले मानिसहरु अचानक दुर्घटना भएर केही कारण बस मरेमा त्यस्ता मर्ने मान्छेको खातामा भएको रकम बैंक तथा सहकारीले खाइदिन्छ ।
सहकारीले यतिसम्म गरेर पनि जनतालाई फसाए र लुटे । मानिसहरुले पनि हिजोका दिन सोचविचार नगरी सहकारीमा रकम राखे । उनीहरु पनि बढी ब्याजको लोभमा सहकारीमा पैसा राख्न बाध्य भए । पैसा राखे पनि आफ्नो आन्तरिक वा व्यवहारिक कुरा खोल्नुहुदैँन भनेर उनीहरुले सोचेनन् ।
अब यस्तो पैसा राख्ने मानिसहरु सहकारीविरुद्ध उजुरी गर्न कहाँ जाने ? साथीभाइ वा सञ्चारकर्मीलाई भनौँ भने कालोधन राखिएको छ नभनौँ भने त्यो रकम सहकारीले खाइदिन्छ । अब यिनीहरुले कि त सहन नसकेर आत्महत्या गर्नुपर्छ होइन भने चुपचाप सहेर बस्नुपर्छ । अहिले लाखौँ मानिसहरुलाई यो समस्या परेको छ ।
सहकारीले यिनीहरुको पैसा फिर्ता नगर्ने र योजनाबद्ध रुपमा खाइदिने भएका छन् । यता कुन सहकारीमा कसको कति रकम छ भनेर न सहकारी विभागलाई थाहा छ न वडा कार्यालय र नगरपालिकालाई नै थाहा छ । यता सहकारीमा पैसा राख्ने र सहकारीका सञ्चालकलाई मात्रै यति बचतकर्ताको यस्तो नाम गरेको यति रकम छ भनेर थाहा हुन्छ ।
तर अहिले ती बचतकर्ताहरुले आफ्नो घरपरिवारलाई जानकारी नगराई सहकारीमा पैसा राख्दा यसको फाइदा सहकारीका सञ्चालकदेखि अध्यक्ष र कर्मचारीले उठाए । यसकारण त्यो रकम डुब्ने अवस्थामा पुग्यो । यसरी सहकारीहरुले जनताकै पैसा लिए र जनतालाई नै तर्साउने , धम्काउने गरेर तनाव दिए ।
पछिल्लो समय धेरैजसो महिलादेखि आफ्नो श्रीमानलाई थाहा नदिई सहकारीमा पैसा राखे तर अहिले सहकारीले पैसा फिर्ता नदिईपछि उनीहरु अन्योलमा परेका छन् । अहिले उनीहरु सहकारीमा पैसा निकाल्न जाँदा सहकारीका सञ्चालकहरु तेरो श्रीमानलाई भनिदिन्छु वा परिवारलाई भनिदिन्छु भन्दै डराउने काम गरिरहेका छन् । यता श्रीमानलाई भन्यो नै कि त सम्बन्धविच्छेद हुन्छ नभनौँ भने सहकारीमा खाईनखाई राखेको रकम डुब्छ ।
यसरी घरसल्लाह नगरी सहकारीमा पैसा राख्दा वा आफ्नो परिवारको कमीकमजोरी सहकारीका सञ्चालक तथा कर्मचारीहरुले थाहा पाउँदा सहकारीले पैसा त फिर्ता गरेनन् त श्रीमान श्रीमतीको सम्बन्धविच्छेद हुनुको कारण पनि सहकारी बन्यो । हिजो नाफा हुुनजेल सहकारीले बजारबाट पैसा पनि तान्यो र ब्याज पनि दियो । तर अहिले सहकारी डुब्ने अवस्थामा पुगेपछि यस्तो राजनीति गप्यो ।
मानिसहरु भन्छन्, जहाँ कंगाल त्यही चन्दाल । सहकारीहरु पनि डुबेपछि, भागेपछि वा पैसा फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि यिनीहरुले यो उपाय अपनायो । अझैपनि कुन सहकारीमा कसले कति रकम राखेको छ भनेर आफ्नो घरपरिवारलाई भनौँ है । किनभन्दा आफ्नो घरपरिवार मिलेमा आफ्नो रकम डुब्नबाट बच्छ । त्यसैले, समयमै सोचविचार गरौँ । अबपनि आफ्नो घरपरिवार एकजुट नहुने हो भने तपार्इँहरु यसरी राखेको रकम सहकारीले खाइदिन्छ ।
त्यसैले, आफ्नो घरपरिवार एकजुट हौँ र सहकारीमा भएको रकम फिर्ता ल्याऔँ । साथै, ब्याजको लोभमा सहकारीमा पैसा लगेर कसैले नराखौँ । किनभन्दा सहकारी भनेका ठग, चोर हुन् । सहकारीमा पैसा राख्न छोड्औँ र भएको पनि छिटै निकाल्लौँ