देशको आवश्यकता ध्यानमा राख्दै मौद्रिक नीति जारी गरिएको होः डेपुटी गभर्नर
काठमाडौं— नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता ध्यानमा राख्दै मौद्रिक नीति जारी गरिएको बताएका छन् ।
मौद्रिक नीतिका व्यवस्थाका सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गर्ने र मौद्रिक नीतिमा उल्लेख नीतिगत व्यवस्था अनुसार देशमा मौद्रिक तथा वित्तीय व्यवस्थापन गरिने बताएका हुन ।
उनले चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ नीतिमा समय सापेक्ष परिमार्जन समेत गरिने, हाल रेमिटेन्स आप्रवाह र विदेशी मुद्रा सञ्चितमा सुधार हुँदै आएको कारण तरलतामा वृद्धि भएर व्याजदारमा घट्दै जाने पनि बताए ।