पृथ्वी जयन्तीको दिन विदा दिने निर्णयप्रति उपेन्द्र यादवको आपत्ती

मंगलबार, २६ पौस २०७९

काठमाडौं –  गृह मन्त्रालयले पृथ्वी जयन्ती (पुस २७ गते)  को दिन सार्वजनिक विदा दिने निर्णयप्रति उपेन्द्र यादवको आपत्ती जनाएका छन्।  औपचारिक जानकारी गराएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको थियो । सरकारको यो निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको र यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने भन्दै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय यही पुस २५ गते गरेको थियो ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताएका छन् ।