नख्खु विस्फोटपछि काठमाडौँको कमलपोखरीमा शंकास्पद वस्तु फेला
फागुन १० काठमाडौँ- ललितपुरको नख्खुमा विस्फोट भएको केही समयमा काठमाडौँ प्रहरीले कमलपोखरीमा शंकास्पद वस्तु फेला पारेको छ।
काठमाडौँ प्रहरीका एसपी अशोक सिंहका अनुसार शुक्रबार साँझ झोलामा प्रेसर कुकर राखेर छाडिएको अवस्थामा भेटिएको बताए।
प्रारम्भिक अनुसन्धानमा उक्त बस्तु विस्फोटक सामग्री भएको पाइएको छ। सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको सुरक्षाकर्मीले जानकारी दिए।