झापाको दमकमा आगलागी, पाँचवटा पसल जलेर पूर्ण रुपमा नष्ट

आइतबार, १ माघ २०७९

काठमाडौँ – झापाको दमकमा आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट भई पूर्ण क्षेती भएको छ।

आइतबार बिहान करिब साढे तीन बजे दमक नगरपालिका वडा नम्बर ६ नमुना मार्गसँग जोडिएका पसलमा आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट भई पूर्ण क्षेती भएको हो।

राजु श्रेष्ठको जुत्ता पसलबाट सुरू भएको आगोले सँगै जोडिएका अन्य पाँच वटा पसलमा क्षति गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अहिले बिहान पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ।

दमक, कमल, गौरादह र उर्लाबारी नगरपालिकाकाका बारूण यन्त्र, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्।

श्रेष्ठको जुत्ताचप्पल पसलमा विद्यु सर्ट भई आगलागी हुँदा सोही पसलसँग जोडिएका संगिता श्रेष्ठ, बिजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका हुन्।

क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।