जहाज दुर्घटना पछि केही समयको लागि पोखरा बिमानस्थल बन्द

आइतबार, १ माघ २०७९

काठमाडौं— नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यती एयरलाइन्सको जहाज दुर्घटना पछि केही समयको लागि पोखरा विमानस्थल बन्द भएको जानकारी दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको नाइन एन–एएनसी उक्त एटीआर ७२ विमानमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क गरी कुल ६८ यात्रु थिए ।

विमान कमल केसीले चलाएका थिए भने अन्जु खतिवडा कोपाइलट थिइन् । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । अहिलेसम्म २७ जनाको शव भेटिएको छ ।