मतदाताको सुख दुःख बुझ्न मेयर साम्पाङ अब घर–घर जाने

बुधबार, ४ माघ २०७९

काठमाडौँ— धरानका मेयर हर्क साम्पाङ मतदाताको सुख दुःख बुझ्न र कुरा सुन्न घरमै भेट्न जाने भएका छन् ।

चुनावमा बोलेको वचन जसरी पनि पुरा गरेरै छोड्ने अठोट लिएका राई अहिले जनश्रमदानमार्फत पानीको ब्यवस्थापनमा लागिपरेको देखिन्छ । आजै उनले आफ्नो आधिकारिक फेसबुक पेजमा मतदाताको घर आउने जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘मलाई भेट्न अफिस आइरहनु पर्दैन । म आफै आउनेछु । तपाईंको घर आँगनमा प्रायस् प्रत्येक दिन बेलुकी ४ बजे,आजको पालो धरान १ शिखर टोलको ।’

मेयर साम्पाङले आफ्नो सबै खाले गतिविधि फेसबुकमार्फत नै जानकारी दिने गर्दै आएका छन् ।

फेसबुकमा बिहान सबेरदेखि राती अबेरसम्म उनले दर्जनौं भनाई र फोटो र भिडियो पोष्ट गर्ने गरेका छन् । कतिपयले भने फेसबुकमा ज्यादा बस्ने र धेरै पोष्ट गर्ने भन्दै उनको यस्तो कार्यको आलोचना समेत गर्ने गरेको पाइन्छ ।