क्यानडाले सहजै दिन थाल्यो विद्यार्थीलाई भिसा, कुन–कुन कन्सल्टेन्सीबाट गर्ने एप्लाई ?

बुधबार, ४ माघ २०७९

काठमाडौँ – क्यानडाले नेपाली विद्यार्थीहरुका लागि सहजै भिसा दिन थालेको छ । उत्तर अमेरिकी मुलुक क्यानडाले श्रम अभावलाई पुर्तिका लागि विद्यार्थीलाई सहजै भिसा दिन थालेको हो ।

क्याम्पस बाहिर काम गर्ने अधिकार (वर्क पर्मिट) भएका कलेजहरुमा भर्ना हुन आवेदन दिएका विद्यार्थीलाई सहजै भिसा दिन थालेको शैक्षिक परामर्श व्यवसायीहरुले बताएका छन् । विद्यार्थीले क्याम्पस बाहिर प्रति हप्ता २० घण्टा काम गर्न सरकारले नै अनुमति दिने भएकाले विद्यार्थी पनि अध्ययन गर्दै काम गर्न पाउने भएपछि आक्रशित भएका छन् ।

श्रम अभाव र बेरोजगारी दरसँग जुधिरहेको क्यानडाले अन्तराष्ट्रिय विद्यार्थीहरूलाई अबसर दिएको हो । क्यानडाले एसियाका भारत, बंगलादेश, भुटान, भियतनाम लगायतका देशका विद्यार्थीलाई भन्दा नेपाली विद्यार्थीहरुलाई भिसा दिन थालेको छ । अहिले भारतमा क्यानडाको भिसा रेट ह्वात्तै घटे पछि नेपाली विद्यार्थीहरुलाई यो अवसर प्राप्त भएको व्यवसायीहरुको भनाई छ ।

नेपालमा अध्ययनका लागि क्यानडा पठाउने सिमित शैक्षिक परामर्श केन्द्रहरु रहेका छन् । चार वटा समूहमा आवद्ध परामर्श व्यवसायीहरु क्यानडाका लागि आधिकारिक एजेण्ट हुन् । उनीहरुबाट अरु शैक्षिक कन्सल्टेन्सीहरुले सब–एजेण्टका रुपमा काम गर्ने गरेका छन् ।

ईश्वरी प्रसाद शर्मा ढकाल, राम खड्का, हरी अधिकारीहरी खत्रीले नेपाली शैक्षिक परामर्श क्षेत्रमा एक छत्र राज गरेका छन् । क्यानडाका शैक्षिक संस्थाहरुले उनीहरु आवद्ध संस्थाहरुलाई विश्वास गर्ने गरेको पाइन्छ । उनीहरु क्यानडाका विभिन्न शैक्षिक संस्थाका आधिकारिक एजेण्ट हुन् । क्यानडामा सून्य भिसा हुँदा पनि अनेत्र काम नगरी बस्ने भएकाले पनि उनीहरुलाई त्यहाँका शैक्षिक संस्थाहरुले विश्वास गर्ने गरेका छन् ।

म्यापल एजुकेशनमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिरहेका ढकाल एक पाका शैक्षिक परामर्श व्यवसायी हुन् । अस्ट्रेलियामा अटो भिसा हुँदा समेत क्यानडाको काम नछोडेका उनलाई क्यानडाका शैक्षिक संस्थाहरुले अधिक विश्वास गर्ने गरेका छन् । सबै देशको काम गर्दा ब्राण्ड नबन्ने र बजारमा विश्वासको कमि हुने भएकाले भिसा हुँदा पनि, भिसा नहुँदा पनि क्यानडाको मात्र काम गरी बस्ने गरेको ढकालले बताउने गरेका छन् ।

लामो समयदेखि क्यानडा बसेर हालसालै मात्र नेपाल आएका राम खड्का क्यानडा स्थित शैक्षिक संस्थाका अर्का विश्वासिला पात्र हुन् । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) का संचालक खड्का गोरेटो एजुकेशन कन्सल्टेन्सीपपुलर कन्सल्टेन्सीमा समेत आवद्ध छन् । प्राय क्यानडामै रहने उनी नेपालमा नेपाली विद्यार्थीको सारथी बन्ने गरेका छन् ।

यता हरी अधिकारी अहिले पनि क्यानडामै छन् । क्यानडियन स्टडी सेन्टरका मालिक अधिकारी कन्सल्टेन्सी दासीआईसी एजुकेशन हवमा रहेर काम गरिरहेका छन् । हरी खत्रीले पनि क्यान कन्सल्टिङ सर्भिसेस् नामक कन्सल्टेन्सी चलाइरहेका छन् । टोरोन्तो एजुकेशनल कन्सल्टिङ सर्भिसेसमा पनि उनको आवद्धता रहेको छ ।

क्यानडाका विश्वविद्यालय र कलेजहरुले उनीहरु चार जनालाई विश्वास गरेर एजेन्सी दिने गरेका छन् । उनीहरु क्यानडाका सबै विश्वविद्यालय र कलेजहरुका प्रतिनिधि हुन् । पछिल्लो समय केही इण्डियनहरुले खोलेका कलेजहरु बाहेक प्राय सबै शैक्षिक संस्थाहरुले उनीहरुलाई विश्वास गरेका छन् । चारै जना लामो समय क्यानडा बसेर आएकाले विश्वविद्यालय र कलेजहरुलाई उनीहरु प्रति झन् विश्वास बढेको हो ।

क्यानडाको बारेमा अरु शैक्षिक कन्सल्टेन्सीहरुले परामर्श दिने भएपनि विशेषत प्रोडक्ट (शैक्षिक संस्थाको एजेन्सी) नहुँदा ढुक्क हुने अवस्था छैन । केही कन्सल्टेन्सीहरुले पछिल्लो समय खुलेका इण्डियन कलेजहरुसँग काम गरिरहेका भएपनि उनीहरुका कलेज कहिलेसम्म चल्ने हुन् भन्ने भन्न गाह्रो छ । केहीले शैक्षिक कन्सल्टेन्सीहरुले अनलाइन प्लेटफर्म मार्फत विद्यार्थीको फाइल हाल्ने गरेका छन् । यसरी अनलाइनबाट फाइल हाल्दा अनलाइन बन्द हुने वा पैसा उठाएर भाग्ने सम्भावना भएकाले विद्याथीहरु यी चार जना आवद्ध भएका संस्थाहरुमा परामर्शका लागि जादाँ ढुक्क हुने अवस्था छ ।

धेरैले इण्डियाबाट भिसा एप्लाई गरिदिने भन्दै विद्यार्थीहरुलाई ठगिरहेको पाइन्छ भने केहीले सतप्रतिशत भिसा लाग्ने भन्दै विद्यार्थीसँग मोटो रकम उठाइरहेका छन् ।