विदेशमा रहेका श्रमिकहरुको हकहितको लागि अहोरात्र खटिएर काम गर्नेछौंः प्रधानमन्त्री
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको भन्दै सरकार उनीहरूको हकहितको लागि अहोरात्र खटिएर काम गर्ने समेत बताएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकको हक र हितको लागि वर्तमान सरकारले केही नयाँ गर्न चाहिरहेको र तिनै विदेश जाने श्रमिकको रगत र पसिनाबाट देश चलिरहेको कुरा पनि बताए।
उनले सरकार ऐन संशोधनदेखि लिएर व्यवसायीहरूका समस्या समाधानका लागि प्रतिबद्द रहेको बताए। वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न व्यवसायीहरूले सरकारलाई सहयोग गर्नुपर्ने बताए। ‘हामीले मिलेर नयाँ काम गर्नुपर्छ । त्यसका लागि सरकार तयार छ’ उनले भने।