सांसद कोइरीलाई समात्न कम्मर कसेका गृहमन्त्री लामिछानेलाई कसले समात्ला ?
काठमाडौं— “जे चोर, उसकै ठुलो स्वर” नेपाली समाजमा वर्षेदेखि भनिदैँ आएको उखान हो यो । हुन पनि हो नै रहेछ । अहिले ठ्याक्कै यस्तै भएको छ हाम्रो देशको राजनीतिमा । नेकपा एमालेबाट प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महोत्तरी १ बाट प्रतिनिधिसभाबाट चुनाव जितेर आएका लक्ष्मी महत्तो कोइरी अहिले उपप्रधान ए.व गृहमन्त्री रवि लामिछानेको डरले सदनबाटै भागेर हिड्नु परिरहेको छ । गृहमन्त्री लामिछाने ज्यान मुद्दा फरार अपराधी भनेर कोइरीलाई समात्न कम्मर कसेर लागेका छन् । तर उनले आफ्रनै अपराध तै कहिले देख्लान् ? केही वर्षअघि नुवाकोट घर भई काठमाडौँ बस्दै आएका पत्रकार शालिग्राम पुडासैनी चितवनको एक होटेलमा गएर आत्महत्या गरे । उनले मर्नुअघि आफ्नो अपराधीलाई समात्न सजिलो होस् भनेरु सरकारलाई प्रमाणसमेत छोडिदिए ।
तर, भनिन्छ नि पैसा र पहुँच भएकाले त अरुलाई मारेपनि कानून लाग्दैन । यही भयो पुडासैनीसँग पनि । उनलाई गृहमन्त्री लामिछानेले मर्न बाध्य बनाए, पुडासैनी मर्नुअघि लामिछानेको सबै कर्तुत पनि भिडियोमा रुदैँ भने, सरकारले पनि त्यो प्रमाण फेला पाप्यो तर दुर्भाग्य पत्रकार पुडासैनी पैसा र पहुँच भएका मानिससँग लड्न पुगेका रहेछन् । नेपाली नागरिक भएपनि उनी सबैबाट हेलित भए, उनको शवलाई मरेपनि नमरेझैँ गरियो त उनको घरपरिवार सबैतिरबाट एक्लियो । न कुनै राजनीतिक दलका नेताले नै उनको न्यायका लागि बोलिदियो न कुनै सञ्चारकर्मीले उनलाई न्याय दिलाउन कलम चलाइदियो । यता लामिछानेले त अदालत, प्रहरी प्रशासन र न्याय नै किनेर जेलको चिसो भुँइमा जानबाट जोगिए तर पत्रकार पुडासैनी त मरे नि त । अहिले गृहमन्त्री लामिछाने ज्यान मुद्दा फरार कोइरीलाई समात्नका लागि दिनरात नभनी लागिपरेका छन् तर उनलाई कसले समात्ने ? कसले पुडासैनीको न्यायका लागि आवाज उठाउने ? के पुडासैनीको ज्यान जनता राष्ट्रको लागि केही थिएन । पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो लामिछानेले जनता र राष्ट्रको आँखामा धुँलो हालेर गरिरहेको सबै कर्तुतको खुलासा गरिरहेको थियो तर त्यसको पनि के नै फाइदा भयो र । प्रहरी प्रशासन भन्छ, हामी देशको कुनै पनि कुनामा लुकेको अपराधीलाई कानूनको दायरामा ल्याउँछौँ तर प्रहरी कै अगाडि भएको अपराधीलाई कसले समात्ने ?
लामिछानेले आफ्नो अपराध लुकाउन राजनीतिक दलका नेतामाथि हिलो छ्यापेर आफनो पार्टी खोले । यता चितवनबासीको आँखामा धुलो छ्यापेर सांसद जितेर उपप्रधान एंव गृहमन्त्री समेत बने । तर अहिलेपनि अदालतमा लामिछानेको नागरिकतालाई लिएर मुद्दा चलिरहेको छ । तर प्रधानमन्त्री प्रचण्ड र ओलीले आफ्नो स्वार्थका लागि लामिछानेलाई गृहमन्त्री बनाए । अहिले त लामिछाने आफु गृहमन्त्री बनेपनि उनको नागरिकता विरुद्ध अदालतमा चलिरहेको मुद्दामा पनि उनले पदकै आधारमा न्याय पाउने संकेत देखिरहेको छ । पहिला पनि लामिछाने त पुडासैनीको मुद्दामा पैसा र पहुँचको भरमा न्याय किने अब पनि पदकै भरमा उनले फेरि पनि अदालत किन्ने छन् । यता सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्नका लागि सदनमा आवाज उठाएका नेपाली कांग्रेसका रामहरि खतिवडाले पत्रकार पुडासैनीलाई मर्न बाध्य बनाएका लामिछानेलाई पक्राउ गर्न सदनमा आवाज उठाउन सक्लान् ? कि उनी पनि पैसा र पहुँच भएकाविरुद्ध चुप लाग्छन् ? अहिले राजनीतिक दलका कुनै नेता नै होस् या स्वतन्त्रबाट जितेका कुनै सांसद । तीमध्ये कुनैसँग पनि पुडासैनीको न्यायका लागि बोल्ने आँट छ ? नेपाली कांग्रेसबाट नुवाकोटबाट चुनाव जितेर आएका अर्जुनबहादुर केसीले के पत्रकार पुडासैनीको न्यायका लागि बोल्न सक्लान् ? कि उनी पनि चुप नै लाग्छन् ? त्यस्तै, सांसद चित्रबहादुर केसी र मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि अहिलेसम्म पुडासैनीको लागि सदनमा आवाज उठाएका छैनन् । के उनीहरु पनि गृहमन्त्रीदेखि डराएका हुन् ?
अहिले सदनमा २७५ जना सांसद छन् । जसमा १६५ जना जनताको मतबाट चुनिएका छन् भने ११० जना सांसद पार्टीले मनोनित गरेको छ । तर यी सांसदमध्ये कुनैमा पनि पुडासैनीको न्यायका लागि बोल्न सक्ने आँट छैनन । उनीहरु पनि पहुँच र पैसा नभएका विरुद्ध बोल्छन् भने पैसा र पहुँच भएका अगाडि लम्पसार पर्छन् । २०७४ सालमा जनताको भोटबाट चुनिएर आएका रेशम चौधरी अहिलेपनि आरोपकै भरमा डिल्लीबजारको जेलमा छन् । तर प्रमाण छोडेर गएका पुडासैनीको न्यायका लागि अहिलेसम्म कुनै सांसदले पनि गृहमन्त्रीलाई समात्नका लागि सदनमा बोलेका छैनन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ वा उक्त पार्टीबाट चुनाव जितेर आएका सांसदहरुले अहिलेसम्म पत्रकार पुडासैनीको न्यायका लागि सदनमा आवाज उठाएका छैनन् । यता रेशम चौधरीलाई आरोपकै भरमा जेल हाल्ने ? तर प्रमाण हुँदाहुदैँ पनि लामिछानेलाई जेल नहाल्ने ।
अरुलाई पक्राउ गर्नका लागि अहिले कम्मर कसेका लागेका गृहमन्त्रीलाई कहिले आफ्नो अपराधको बारेमा ज्ञान होला । उनी कहिले जेलको चिसो भुँइमा जार्लान् ? यो जनता हेरिरहेका छन् । अहिले जनता नेपालका २७५ सांसदलाई सोध्छन्, यदि तपार्इँहरु जनता र राष्ट्रको हितमा काम गर्न आएको हो भने तत्काल लामिछानेलाई कारबाहीको लागि सदनमा आवाज उठानुस् । तर यँहा त बोल्यो कि पोल्यो छ । आज सदनमा बोल्यो भने भोलि पार्टीले टिकट नदिने डर उनीहरुमा छ । यदि अबपनि गृहमन्त्री लामिछानेविरुद्ध कुनै सांसदले बोलेनन् भने अर्को चुनावमा जनताले यस्ता मानिसलाई मतदान गर्दैनन् । कसैलाई आरोपकै भरमा जेल हाल्ने कसैलाई प्रमाण हुँदाहुँदै पनि नसमात्ने । यही हो नेपालको कानून । २०५२ साल फागुल्न १ गतेबाट माओवादीले जनयुद्ध सुरु गप्यो । उक्त जनयुद्धमा १७ हजार नेपाली नागरिक मारिए । माओवादीले कतिलाई जिउँदै खाल्टोमा गाड्यो त कतिलाई मुला काटे बराबर नै काटियो । यता १७ हजार मानिसमध्ये ५ हजार मानिस आफुले मारेको प्रधानमन्त्री प्रचण्डले खुल्ला रुपमा बोले ।
तर उनी अहिले देशको प्रधानमन्त्री भएर बसिररहेका छन् । अब उनलाई समात्न कसले आँट गर्ला । ५ हजार मानिस मारेको भनेर खुल्ला रुपमा भन्नेलाई त देशको प्रधानमन्त्री बनाउने अनि आरोप कै भरमा कतिलाई वर्षेसम्म जेल राख्ने ? यो कताको कानून हो ।