त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक घूस सहित पक्राउ

सोमबार, ९ माघ २०७९

काठमाडौँ  –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रबन्धक पूर्ण प्रसाद चुडाल घुस सहित पक्राउ परेको हो ।

उनलाई घूसबापतको रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

सोमबार पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिएका हुन् ।