माओवादीको स्थायी समिति बैठक सर्यो, दिउँसो २ बजे बस्ने
काठमाडौं _ सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक निर्धारित समयभन्दा केही सरेको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सरेको हो ।
केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन विकास र विस्तारको विषयमा छलफल गरिने स्रोतले जानकारी दियो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा