शिक्षामन्त्री खनाल सरस्वती पूजा गर्दै

बिहिबार, १२ माघ २०७९

काठमाडौं  _शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल विहीबार तारकेश्वर–११ को ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा सरस्वती पूजा गर्दै  आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ ।

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ । वसन्त ऋतु शुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ । आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रहि आएको छ ।