बुद्धिको प्रयोग
काठमाडौं – एकादेशमा एउटी बुढी आमा बस्थिन् । त्यो बुढी आमा एकदिन आफ्नो पैसा निकाल्न बैंकमा गइन् । बैंकमा गइसकेपछि उनले क्यासियरलाई खाताबाट पैसा निकाल्दिन भनिन् । क्यासियरले सोध्यो कति पैसा निकालिदिउँ आमा ? बुढी आमौले भनिन् दुई हजार निकालिदेउ बाबु ।
क्यासियरले बुढी आमालाई खिसी गर्दै भन्यो, ‘जाबो दुई हजार रुपैंया निकाल्न पनि बैंकमा आउन पर्छ एटिएमबाट निकाले भईहाल्छ नि ।’, उनको जवाफ सुनेपछि बुढी आमैले भनिन्, ‘मलाई एटिएम चलाउन आउँदैन बाबु ।’ अनि क्यासियरले भन्यो, ‘जाबो एटिएम पनि चलाउन आँउदैन तपाइँलाई यहाँ लाखौ–लाख निकाल्ने मानिसहरु लाइनमा छन् । म तपाँइको जाबो दुई हजार निकाल्नको लागि समय छैन म सँग ।’
क्यासियरको यस्तो कुरा सुनि पछि बुढी आमाले त्यो चेक फिर्ता लिईन र अर्को दुई करोडको चेक काटिन् । र त्यो चेक क्यासियरलाई दिइन् । क्यासियरले चेक हेर्यो र खिसी गर्ने हासोमा हाँस्दै बुढी आमाको खाता चेक गर्यो । नभन्दै त्यहाँ धेरै पैसा थियो । क्यासियरले सोचेको भन्दा निकै धेरै पैसा थियो । अनि क्यासियरले छक्क पर्दै अचम्मित हुदै एकदम आदार पूर्वक सोध्यो, ‘आमा के यत्रो पैसा साचै निकाल्ने हो ?’
बुढी आमाले भनिन, ‘अँ निकालिदेउ ।’ अनि क्यासियरले लामो समय लगायो र दुई करोड रुपैया निकाल्यो । उसले दुई करोड रुपैया निकालेर बुढी आमैको अगाडि राखि दियो । आमा लिनुहोस् तपाँइको पैसा अनि बुढी आमैले त्यहाँबाट दुई हजार निकालिन अनि त्यो क्यासियरलाई भनिन्, ‘बाबु यो मेरो एक करोड उनानअसी लाख अन्ठानब्बे हजार रुपैया फेरी मेरो खातामा जम्मा गरिदेउ ।’
तसर्थ, कसैको पनि वास्तविकता नजानी होच्याउने काम गर्नुहुदैन । यदि कसैले तपाँईलाई होच्याएर बोल्छ, खिसी गर्छ भने त्यो मान्छेलाई रिसाएर जवाफ दिनुको सट्टा शान्त रहेर आफ्नो बुद्दीको प्रयोग गरेर जवाफ दिनु निकै उचित हुन्छ ।