हाजिरी जमानीमा छुटे कामना सेवा विकास बैंकका सिइओ बस्नेत
काठमाडौं— कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेत हाजिरी जमानीमा छुटेका छन् । बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पनि हाजिरी जमानीमा छुटेका हुन ।
सीइओ बस्नेत छुटेको कुरा इलाका प्रहरी कार्यालय दमकका प्रमुख देवानन्द मिश्रले जानकारी दिएका छन् ।
बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको थियो ।