कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त

शुक्रबार, २० माघ २०७९

काठमाडौं— कर्णाली प्रदेश सरकारमा मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परिवारले नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने मुख्य न्यायाधिवक्ता खड्कालाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश प्रमुख तिलक परिवारले नियुक्त गरेका हुन् ।

खड्कालाई मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनियताको शपथ ग्रहण पनि गराएका छन् ।