दार्चुलामा जिप दुर्घटना, ८ जनाको मृत्यु

शुक्रबार, १७ फाल्गुन २०७५

फागुन १७ दार्चुला — सदरमुकाम खलंगाबाट हिकिला जाँदै गरेको जिप दुहु-३ राताकाठामा दुर्घटना हुँदा कम्तीमा ८  जनाको मृत्यु भएको छ । घटनामा अन्य केहीको हताहती भएको आशंका छ ।
सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दका अनुसार आठ जनाको शव फेला परेको बताए।
शुक्रबार राति ८ बजेतिर खलंगाबाट छुटेको म १ ज २८० नम्बरको जिप भीरमा खसेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा उद्धार चलिरहेको छ ।

जिप चालक दीपक धामी घाइते छन् । उनीसहित घाइतेहरुलाई अस्पताल पुर्‍याइँदै छ ।