नेता पौडेलले मत माग्दै आज रास्वपाको सांसदहरुसँग भेटवार्ता गर्ने

शुक्रबार, १९ फाल्गुन २०७९

काठमाडौँ— राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आज मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग भेटवार्ता गर्ने तयारी गरेका छन् । यसअघि पौडेलले उम्मेदवारी दिने दिनमै सभापति रवि लामिछानेसँग छलफल गरेका थिए।

सो छलफलमा सभापति लामिछानेले आफू सकारात्मक रहेको जवाफ दिएका थिए ।र, पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जवाफ दिएका थिए । रास्वपाका नेताहरुसँग हिजोमात्रै राष्ट्रपतिका अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले पनि भेटवार्ता गरेका थिए ।

सभापति लामिछानेले भने आफूहरु पुस १० गतेको सहमतिमा इमानदार रहेको भन्दै सोहीअनुसार अघि बढ्ने वचन दिएका थिए । रास्वपाका नेताहरुले भने राष्ट्रपतिको निर्वाचनमा पर्ख र हेरको रणनीति अख्तियार गरेका छन् । रास्वपाका नेताहरुसँग कांग्रेस नेता दिपक खड्का नियमित सम्पर्कमा छन् ।