एमसीसी कार्यन्वयनका लागि सरकारले (एमसीए) लाई दियो जग्गा अधिग्रहण गर्ने अनुमति

मंगलबार, २३ फाल्गुन २०७९

काठमाडौँ – नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए(नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा एमसीसी कार्यन्वयनका लागि सरकारले जग्गा अधिग्रहण गर्ने अनुमति दिएको छ ।

मंगलबार एक सुचना प्रकासित गर्दै सरकारले (एमसीए) लाई एमसीसी कार्यन्वयनका लागि जग्गा अधिग्रहण गर्ने अनुमति अर्थात जग्गा प्राप्तिको अनुमति दिएको हो ।

यी तीन जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्न सूचना प्रकाशित गरेको छ ।

यसका लागि विभिन्न नगरपालिका र गाउँपालिका र वडाहरूमा पर्ने जग्गाहरू प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६(१) अनुसार यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको जानकारी दिएको छ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनको लागि ऐ।दफाको उपदफा २ बमोजिम सूचना जारी भएको तीन दिनपछि प्राविधिक सहितको टोली खटी आउने जानकारी दिएको छ ।

यही सन्दर्भमा सोही ऐनको दफा १३ अनुसार धादिङ, पाल्पा र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय भएको पनि जानकारी सूचनामा दिइएको छ ।