आफु बिरुद्ध मुद्धा दायर भएको भोलिपल्टै नेकपा महासचिव विप्लवलाई किन भेटे प्रचण्डले

बुधबार, २४ फाल्गुन २०७९

काठमाडौ –  नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो।

पछिल्लो बिकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भिर छलफल र समिक्षा गर्न अर्थपूर्ण भेटवार्ताका भएको जानकारी श्रोतले दिएको छ।मंगलवार मात्र सर्वोच्च अदालतले द्वान्दकालिन मुद्धामा प्रचण्डलाई अदालतमा हाजिर हुन निर्देशन दिएपछि बिद्रोही नेकपाका महासचिव बिप्लव र उनि बिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लवले बिगतमा सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुदे सहमति अनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरुको रिहाई र मुद्दाहरुको खारेजी गर्नुपर्ने धारणा राखेको र प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसारका कामहरू अगाडि बढाउनेबारे सकारात्मक जवाफ दिएको बताईएको छ भने भेटघाटमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड समेत सहभागी रहेका थिए।