२१५ सहसचिवको पदस्थापना, को कहाँ ? (सूचीसहित)

सोमबार, २० फाल्गुन २०७५

फागुन २०, काठमाडौं- सरकारले प्रशासन सेवाका सहसचिवको पदस्थापन गरेको छ।
कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघमा समायोजन भएका नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणी, सहसचिवलाई निजामती सेवा ऐन, २०४९ को दफा १५(१) बमोजिम सिफारिस गरेको हो।
उनीहरूलाई फागुन १३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुशार पदस्थापन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।