१० दलिय गठबन्धनको बैठक निष्कर्षमा पुगेन

बुधबार, १ चैत्र २०७९

काठमाडौं –  गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको  छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए । उनले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने समेत  जानकारी दिए ।

उनले भने, उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यकताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ ।

नेता बस्नेतले सरकार विस्तार लगायतका विषयमा पनि बैठकमा छलफल सुरु भएको बताए